ट्राफिक प्रहरीको नमस्कार अभियान
2020/09/23, 5:29
 
corona

ट्राफिक प्रहरीले नमस्कार अभियान संचालन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले नमस्कार अभियान संचालन गरेको हो । ट्राफिक प्रहरीले यातायात व्यवस्था सेवा कार्यालयका प्रतिनिधिहरुको सहयोगमा सवारी साधन चेक जाच गर्ने गरेको छ । सडक अनुशासन कायम गर्न प्रहरी कार्यालयले नमस्कार अभियान संचालन गरेको छ ।

नेपाल प्रहरी ट्राफिक महाशाखाको निर्देशन बमोजिम नमस्कार अभियान सञ्चालन गरिएको हो । ट्राफिक प्रहरीले सुदूरपश्चिमका पहाडी जिल्ला अन्र्तगत डडेल्धुरा कार्य क्षेत्रमा रहेका मुख्य राजमार्गमा शिष्टताका साथ नमस्कार गरि यात्रु संख्या सँगै यातायातका सबै सवारी साधनमा चालक तथा गाडी कागजात पनि सवारी जाँच गरि आवश्यकता अनुसार कडा कारवाही पनि गर्ने गरेको छ ।

पछिल्लो समयमा ट्राफिक प्रहरी प्रति आम जनगुनासाहरु आएको भन्दै राजमार्गमा गुड्ने प्रत्येक यातायातका साधनहरु सँग भद्र र मित्रवत व्यवहार गर्दै आएको छ । साथै सडक अनुशासन कायम गर्ने उद्देश्यका साथ दुर्घटना न्यूनिकरणका उपायहरु पनि सुझाउन थालेको प्रहरीले जनायो ।

सवारी चालकहरु लाई प्रोत्साहन स्वरुप खुशी बनाउनका लागी सो अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले ईञ्चार्ज प्रहरी नायव निरिक्षक देव बहादुर खत्रीले बताए । कोरोना संक्रमण व्याप्त रहेका बेला सवारी साधनहरुमा स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग, मापदण्ड अनुसार यात्रुबाहक सवारी साधनहरु चलाउनु पर्ने, लाईसेन्स र गाडी धनी पूर्जा लगायतका कागजातहरु चुस्त र नविकरण भए नभएको नियमन गर्न नमस्कार सहितको अभियान सकारात्मक र उत्साहजनक रहेको सवारी साधन चालकहरुले बताएका छन ।

ट्राफिक प्रहरीले हेलचक्र्याई गर्ने र त्रुटि भएका मोटरसाईकल तथा सवारीसाधनहरुको चेकजाँचमा कडाई गरेको छ । यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुराका प्रतिनिधि सहित असोज १ गते देखि नमस्कार अभियान शुरु भएको हो । टोलीले बिभिन्न सवारी साधनले ट्राफिक नियम उलंघन गरेका कारण कारवाही गरि ३० हजार जति राजस्व संकलन गरेको उनले बताए ।