सडकमा रित्तो बस गुड्दै
2020/09/26, 5:28
 
Corona

 कञ्चनपुर जिल्लाको बसपार्कबाट रित्तै छुट्ने सार्वजनिक यातायात बसमा पुर्व काठमाडौं र पश्चिम दार्चुलाम्म पुग्दा पनि सिटमा बसिदिने कोही हुन्नन् ।

झण्डै पाँच  महिनाको बन्दाबन्दीपछि सार्वजनिक यातायात खुले पनि स्वास्थ्य प्रोटोकल अपनाएर तोकिएका सिटमा बसेर यात्रा गर्ने यात्रु नपाउने सवारी चालकहरुको भनाइ छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का युवराज जोशी महेन्द्रनगर भएर काठमाडौं चल्ने बसमा सहचालक भएर काम गर्न लागेको झण्डै पाँच वर्ष वितें ।कोरोना कहरले गरेको लकडाउनको लामो समयपछि सञ्चालन भएको यातायात  क्षेत्र देख्दा उत्साहित भएका युवराज बसमा चड्ने यात्रु नपाउँदा चिन्तित बनेका छन् ।  “लकडाउन अघिको अवस्थामा भने घरखर्च चलाउन निकै सहज थियो, आम्दानी भएकै हुन्थ्यो, बिचमा कोरोना महामारीले गर्दा लकडाउन भयो आर्थिक अवस्था एकदमै कमजोर भयो ।”
युवराजले भने, ”घरको आर्थिक अवस्था कमजोर छ, पढाई लेखाई गर्न सकिएन, सहचालक क्षेत्रमा काम गरेपछि घरखर्च चलाउने एउटै बाटो थियो,  लकडाउन पछि बस खुलेपनि स्टाप खर्च समेत उठ्दैन, रोजगारी गुम्ने हो की भन्ने चिन्ता लागेको छ ।” महेन्द्रनगर बसपार्कबाट विभिन्न ठाउँमा  गाडी गुडाउदै गुजारा चलाएका चाकल तथा बस व्यवसायी भन्दा सहचालकलाई बढी समस्या भएको युवराजले बताए ।
बस धनीले ठूलो लगानी लगाएको भएपनि सहचालक  एक छाक टार्नको लागि एक दिन काम गर्नु र काम पाए पनि अहिलेको अवस्थामा यात्रु नपाउँदा समस्या हुने गरेको उनले बताए । 
युवराज भन्छन् ,गाडि गुडाएर काठमाडौ लगेपनि बाटोमा धेरै दुख हुने गर्छ । “चारैतिर कोरोना कहर चलेको अवस्था छ, मनमा डर भएपनि पेट पाल्नलाई बाध्य भएर हिड्नु पर्ने हुन्छ । बाटोमा बेला–बेला रोकेर प्रहरीले दुख दिन्छ ,बाटो भरी ए सहचालक भनेर सबैले हेप्छ, कतिखेर त मन खिन्न पनि हुन्छ, रोजगारी गरिएपनि रोजगार नहुँदा निकै सास्ती खेप्नु पर्छ।
युवराज जस्तै कञ्चनपुरक‍ भीमदत्त नगरपालिका–१६  गौबरियाका दिलिप पन्त विगत दुई तिन वर्ष देखी यातायात व्यवसाय गरेर दैनिकी चलाउँछन् । यातायात व्यवसाय सञ्चालन गरेका दिलिपलाई पछिल्लो समयमा सञ्चालन गरेको व्यवसाय बाट निकै घाटा व्यहोर्दै आएका छन्  । 
पाँच महिनाको बन्दा बन्दीले दिलिपको व्यापारमा निकै ओरालो लागेको छ । महेन्द्रनगर देखी धनगढीलाई दिनको दुई पल्ट छुट्ने उनको हाइस अहिले छुटेपनि आम्दानीमा भने निकै कमी आएको दिलिपले बताए । दिनमा ५ देखी १० हजार सम्म आम्दानी हुने उनको लकडाउन पछि भने यातायात सञ्चालनमा आएदेखि अहिले सम्म स्टापलाई पाल्न पनि समस्या भएको दिलिपले बताए  ।
उनले भने“ झण्डै पाँच महिना लामो लकडाउनको अनत्य भयो भनेर मनमा खुसी लागेको  थियो, भोलिपल्ट गाडि सडकमा गुडाउँदा यात्रु नै पाइएनन् ।” 
दिलिपले अगाडि थपे,“एक छिनको खुसीले पनि झन् समस्यामा पार्यो, किस्तामा निकालेको गाडिको ब्याज पनि तिर्न समस्या भएको छ ।”   गाडि किनेर यातायात व्यवसाय गरेका यातायात व्यवसायीहरु सबै यात्रु नै नपाएर समस्यामा परेका छन् । सरकारले सुरुमा छोटो दुरीको यातायात सञ्चालन गर्न दिएपछिको अवस्थामा पनि कोरोनाको डरले यात्रु नै गाडिमा चढ्न नमान्ने लगायतका कुराले यातायात व्यवसायी समस्यामा परेको उनले बताए । 
महेन्द्रनगर बसपार्क देखी यातायात गुडाउने बस चालक, सहचालन, बस व्यवसायी लगायत धेरै यातायात व्यवसायीले रित्तो गाडि गुडाउनु पर्ने बाध्यता भएको छ । लामो तथा छोटो दुरिका सवारी साधन सञ्चालन सहज भएपनि आम सर्वासाधारण आवात जावत गर्ने अरु निकायहरु पनि सञ्चालन नभएका कारण यातायात क्षेत्र सञ्चालन भएपनि धरापमा परेको छ ।
दिलिप भन्छन्, “लामो समयसम्म सबै ठाउँ अस्थव्यस्त तथा बन्द जस्तै भयो, अरु क्षेत्र आसिंक रुपमा मात्रै खुला छन् ।, यातायात क्षेत्र खुलेपनि अन्य क्षेत्र पुर्णरुपले खुलेको अवस्था छैन , त्यसको प्रत्यक्ष प्रभाव यातायात व्यवसायी हरुले खेप्नु परेको छ । यस्तै समस्या अवको केही महिना सम्म चल्ने हो भने यातायात व्यवसाय नै धरापमा पर्न सकने सम्भावना छ ।” 
यातायात व्यवसायकै सहारामा जिवन चलाएका व्यवसायीलाई भने लकडाउन खुलेपनि झन् समस्या भएको छ । पछिल्लो एक साता  देखि नै बसपार्कबाट निरन्तर  बस छुट्न थालेका छन् ।

यता पश्चिम पहाड बस सञ्चालन गरेका कैलालीका करन सिंह साउँदको पनि समस्या उस्तै छ ।  तिन वर्ष अघि अन्य व्यवसायबाट वस व्यवसाय सुरु गरेको करनलाई पनि गाडिको बैंक किस्ताले नै बढी सताएको छ । 

No description available.
हुँदा समस्यामा परेका उनी बस सञ्चालन भएपनि बस चढ्ने यात्रु नपाउँदा थप चिन्तित बनेका छन् । २०७५ सालमा वस व्यवसाय सुरु गरे, सुरु गरेको दुई वर्षसम्म मुनाफा भने त्यती धेरै थिएन।जसोतसो गुजारा चलेकै थियो ।” करनले भने, “अब अहिले लकडाउनले गर्दा आर्थिक अवस्था पनि कमजोर भएको छ ,बैकको किस्ता पनि तिर्नै छ, गाडि चलेपनि गाडि चढ्ने सय मा पचास प्रतिशत पनि हुदैनन् ।”
बस चल्दा कुनै दिन आउँदा यात्रु हुन्छन् भने कुनै दिन बस जाँदा मात्रै यात्रु हुने गरेको करनले बताए । गाडिलाई
गुडाएपनि सामान्य तेल खर्च पनि उठाउन निकै समस्या छ । गाडि सञ्चालन आएपनि गाडिबाट सामान्य मुनाफा पनि आउन छोडेपछि घरमा समेत के लाउ के खाउँ भन्ने अवस्था आएको करनले बताए।   सरकारले खोलेको यातायात क्षेत्रमा गरिएको भाडा बृद्धिले पनि आफ्नो लगानी आउने अवस्था नभएको यातायात व्यवसायीकहरुको ।”उनले भने, “गाडिमा आएको यात्रु पुरानै भाडा दिन पनि तयार हुदैनन्, दुईओटा सिटमा एउटा राख्ने भनिएको भएपनि चढ्ने यात्रु नपाउँदा व्यवसायनै धरापमा पर्ने हो की भन्ने चिन्ताले  सताएको छ ।”
कोरोना कहर अघि दोहोरो तर्फबाट यात्रु पाएपछि एक पटक तिस चालिस हजार सम्म मुनाफा आउने गरेको भएपनि कोरोना कहर पनि खोलिएको यातायात क्षेत्रमा मुनाफाको साटो घाटा मात्रे भएको करनको भनाई छ । 

No description available.

लामो समय यातायात बन्द हुदाँ यातायातकै सहारामा जिवन चलाएका व्यवसायीलाई भने लकडाउन खुलेपनि झन् समस्या भएको छ । पछिल्लो एक साता  देखि नै बसपार्कबाट निरन्तर  बस छुट्न थालेपनि । बसहरु रित्तै गुडिरहेका छन्।बजार क्षेत्रमा हजार अटो गुड्थे अहिले सयको संख्यामा देखिदैनन्।