
कैलालीको टीकापुर नगरपालिकामा एकैदिन २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ७ महिला र १४ पुरुष गरी २१ जनामा कोरोना पुष्टि भएको हो।
टीकापुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले संक्रमित सबै भारतबाट फर्किएका व्यक्ति रहेको बताए।

उनका अनुसार वडा नम्बर ७ का चार महिला र ७ पुरुष गरी ११ जना, वडा नम्बर ८ का दुई महिला र तीन पुरुष गरी पाँच जना, वडा नम्बर १ का चार पुरुष र वडा नम्बर ६ का एक महिलामा कोरोना पुष्टि भएको हो।
संक्रमण पुष्टि भएका मध्ये दुईजना संस्थागत क्वारेन्टिनमा बसिरहेको भएपनि अन्य होम क्वारेन्टिनमा रहेको नगरपालिकाले जनाएको छ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/27, 6:13
2022/01/28, 12:08
2022/07/10, 12:39