
लायन्स क्लब अफ धनगढी खप्तडले कञ्चनपुरको आई केयर यू लाई भेटेनरी औषधी तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । पशुहरुको उपचारका लागि करिब २० हजार मुल्य बराबरको औषधी तथा स्वास्थ्य सामाग्री आई केयर यूका अध्यक्ष मञ्जी शाहीलाई हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब अफ धनगढी खप्तडका अध्यक्ष हरी धामीका अनुसार पशु तथा गाईहरुको उपचारका लागि करिब २० हजार मुल्य बराबरको औषधी तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । आफुले सहयोग गरेको औषधी तथा स्वास्थ्य सामाग्रीले पशुहरुको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको उनले जानकारी दिए ।
उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लबका शिबी चन्द, जनकराज जोशी, गोविन्द अधिकारी, सम्झना अधिकारी, कृष्ण पाण्डे, भोजराज पन्त, युवराज जोशी र सुरेन्द्र भट्ट लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/27, 6:13
2022/01/28, 12:08
2022/07/10, 12:39