कैलाली कञ्चनपुरमा ‘सीप तथा सम्मानित रोजगार परियोजना’ सुरु भएको छ । ट्रेस प्रालि धनगढीले परियोजना सञ्चालन थालेको हो । परियोजना अन्तर्गत कैलाली कञ्चनपुरका पाँच सय २० जनालाई बजारको माग अनुसारको सीपमुलक तालिम दिईने भएको छ ।
यूरोपियन यूनियनको आर्थिक तथा व्रिटिस काउन्सिल दक्षताको व्यवस्थापन सहयोगमा सञ्चालन गरिने ‘सीप तथा सम्मानित रोजगार परियोजना’ को बजेट दुई करोड ५५ लाख रहेको छ । डेढ बर्ष अवधि रहेको परियोजना कोरोनाका कारण ६ महिना ढिलोगरी सञ्चालन थालिएको हो ।
धनगढीमा परियोजना सम्बन्धी सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्न छलफल कार्यक्रम समेत आयोजना गरिएको छ । कार्यक्रममा टे«स प्रालि धनगढीका कार्यकारी निर्देशक छत्रबहादुर बलमे बजार माग अनुसार सीप विकास तालिम संचालन गरेर रोजगारी सृजना गर्ने तालिम दिईने बताए । परियोजना अन्तर्गत ४ सय नयाँलाई तालिम दिईने, ६० जना सामान्य ज्ञान सीप भएका र ६० जनालाई पुनः तालिम दिईने बमले बताए ।
छलफल कार्यक्रममा टे«स प्रालि धनगढीको ‘सीप तथा सम्मानित रोजगार परियोजना’ का प्रोग्राम म्यानेजर टेकबहादुर बलायर परियोजना सन २०२० मार्च १ देखि सञ्चालन हुनुपर्नेमा कोरोनाका कारण ढिलो सुरु भएको जानकारी दिए ।