
कैलाली र कञ्चनपुरका थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ३३ जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीका २६ जना र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण भेटिएको छ। कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जना, जोशीपुर गाउँपालिकाका ६ जना र घोडाघोडी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको उनले बताए।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का ७ जना र शुक्लाफाटा नगरपालिका–९ का एक जनामा कारोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/27, 6:13
2022/01/28, 12:08
2022/07/10, 12:39