
कञ्चनपुरको कृष्णपुरबाट भरुवा बन्दुक सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर- १ दोमिल्ला बस्ने २४ वर्षीय लाल बहादुर बिष्ट र सोही ठाउँ बस्ने २५ वर्षीय कमल थापालाई कञ्चनपुर प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

घरमा भरुवा बन्दुक देखाई डरत्रास एवं आतङ्क सिर्जना गरेको भन्ने बिशेष सुचनाका आधारमा बिष्टलाई पक्राउ गरी सोधपुछ गर्दा सोही स्थान बस्ने २५ वर्षीय कमल थापाको गोठभित्र लुकाइराखेको छ भनी बताए पछी उक्त स्थानमा गई चेकजाँच गर्दा भरुवा बन्दुक थान-१ लोड गरेको अवस्थामा बरामद गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
बिष्ट र थापा समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/27, 6:13
2022/01/28, 12:08
2022/07/10, 12:39