
भूमी सुधार तथा मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको थामिनसक्नु भीड लागेको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिन सेवा बन्द गरिएको कार्यालय खुलेसँगै सेवाग्राहीको भीडभाड बढेको हो । कोरोनाको संक्रमण बढ्दै गए पनि भीड बढेपनि सामाजिक दूरीको समेत पालना हुन सकेको छैन ।

कार्यालय प्रमुख सुरेन्द्र केसीले सेवाग्राहीको भीड बढेपछि टोकन वितरण बन्द गरिएको जानकारी दिए । ‘११ गतेदेखि टोकन वितरण सुरु गरिएको थियो,’ उनले भने, ‘२३ गतेदेखि कामकाज गर्ने गरी टोकन वितरण भईसकेको छ । त्यसैले अर्को सूचना जारी नभए सम्मका लागि टोकन वितरण बन्द गरिएको छ ।’
उनले २५ गतेदेखि भने सेवा प्रवाहलाई थप व्यवस्थीत बनाउने विषयमा छलफल भईरहेको बताए । ‘टोकन मार्फत सेवा प्रवाह गर्दा पनि भीड कम भएन,’ उनले भने, ‘पालिका अनुसार फरकफरक दिन सेवा दिने तयारी भईरहेको छ ।’

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/27, 6:13
2022/01/28, 12:08
2022/07/10, 12:39