धनगढीमा कोरोनाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन
2020/09/29, 4:08
 
korona

धनगढीमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्वर ७ देवहरिया सामुदायिक वनको पथरीमा मृतकको शव व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ।

कैलालीको तेघरीस्थित भवानी दल गणबाट सह–सेनानी नबलसिंह रोकायाको कमान्डमा खटिएको तालीम प्राप्त सैनिक टोलीले शव व्यवस्थापन गरेको हो। 

गणबाट मुलपण्डित समेत गई धार्मिक परम्परा बमोजिम मृतकका आफन्तको उपस्थितिमा अन्त्यष्टि गरिएको हो। सेती प्रादेशिक अस्पतालमा असोज ७ गतेदेखि उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर १ की ६३ बर्षीया महिलाको सोमबार मृत्यु भएको थियो।