गड्डाचौकी र गौरीफन्टा नाका बिहान ६ देखि राति ८ बजेसम्म खुल्ने
2020/09/29, 10:07
 
corona

गौरीफन्टा नाका बिहान ६ देखि राति ८ बजेसम्म खुल्ने भएको छ। धनगढीसंग जोडिएको गौरीफन्टा नाका कञ्चनपुरको मातहतमा गएपछि भदौ ११ गतेदेखि बिहान १० देखि ५ बजेसम्म खुला गर्ने गरिएको गौरीफन्टा नाका मंगलवार राति १२ बजेदेखि लागु हुने गरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने निर्णय भएको हो।

मालबाहक साधनका लागि बिहान १० बजेदेखि ५ बजेसम्मको समय पर्याप्त नभएकाले बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

कैलाली उद्योग बाणिज्य संघको पहलमा सोमवार सोही सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, मन्त्रालयका सचिब, सहसचिव, कैलाली र कंचनपुरका प्रमुख जिल्ला अधिकारीहरु, कैलाली भन्सार प्रमुखसंग कैलाली उद्योग बाणिज्य संघले छलफल भएको थियो।

संघको आग्रहपछि आन्तरिक मामिला मन्त्री शाहको निर्देशनमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलवार राति १२ बजेदेखि लागु हुने गरी गौरीफन्टा नाका बिहान ६ बजेदेखि राति ८ बजेसम्म खुलागर्ने निर्णय गरेको हो।