ट्राफिक प्रहरी प्रमुख र वडा प्रहरी प्रमुखलाई सम्मान सहित विदाई
2020/09/30, 8:42
 
samman

कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर १ को कार्यालयले कञ्चनपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रकाश केसी र वडा प्रहरी प्रमुख प्रहरी निरिक्षक मोहन जंग बुढा थापालाई बिशेष सम्मान सहित विदाई गरेको छ । आफ्नो सेवा अवधिमा ट्राफिक नियम, सुशासन साथै विद्यार्थी सचेतना तथा कोरोना महामारीमा अहोरात्र खटिएर जनताको सुरक्षा गरेको भन्दै ट्राफिक प्रहरी प्रमुख र वडा प्रहरी कार्यालय प्रमुखलाई सम्मान सहित विदाई गरिएको हो ।

2

आफ्नो सेवा अवधिमा प्रहरीले नमुना काम गरेको हुँदा कामको उच्च मुल्याङ्गकन गरेर दुवै प्रहरी एकाइ प्रमुखलाई सम्मान गरेको भीमदत्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष आसेफ कुवँरले बताए । ‘कञ्चनपुरमा राम्रो काम गर्ने जो कोही प्रहरीलाई सम्मान गर्ने भन्ने सन्देश दिनका लागि सम्मान सहित विदाई गरेका हौं ।’ वडाध्यक्ष कुँवरले भने,–‘कञ्चनपुर आउने प्रहरीको दृष्टिकोण र कञ्चनपुरका जनताले  प्रहरी प्रति गर्ने व्यवहार सकारात्मक बनाउने प्रयासको थालनी वडा कार्यालयले गरेको हो ।’ 

भीमदत्त नगरपालिकाको पहिलो सम्मान नमुनाको रुपमा रहेको अध्यक्ष आसेफ कुवँरले बताए । सम्मान कार्यक्रममा वडा सदस्य लगायत स्थानीय वासिन्दाहरुको सहभागीता रहेको थियो ।