गौरीफन्टा नाका भएर भारत पठाउने भन्दै रकम असुली गरेको आरोपमा एक जना पक्राउ
2020/09/30, 9:52
 
corona

गौरीफन्टा नाका भएर भारत पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। कागजात नभए पनि भारत पठाउन सहजीकरण गरिदिने भन्दै नेपालीहरुबाट रकम असुल गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्वर २ बस्ने २५ वर्षीय कमल बोहरालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले यसअघि पनि डोकेबजारबाट पक्राउ परेका बोहरा छुटेपछि फेरी नाकामा ठगी गर्न थालेपछि पक्राउ गरिएको बताए। उनलाई अहिले ईलाका प्रहरी कार्यालय त्रिभुवबस्तीमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाले बताए। 

अहिले आधार कार्ड, रासन कार्ड, कम्पनीले बोलाएको आधिकारीक पत्र नभएका नेपालीहरुलाई भारत प्रवेशमा रोक लगाइएको छ। उपचारका लागि भने जान दिइएको छ।