सुदूरपश्चिमका थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७३३७ पुग्यो 
2020/09/30, 1:44
 
corona

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप २ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३९ जनाको कोरोना परीक्षण भएकोमा डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको हो ।

1

अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनि गणेजुकाले डडेल्धुराको नबदुर्गा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको बताए । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या सात हजार तीन सय ३६ पुगेको छ । 

१०२४ संक्रिय संक्रमित
सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमित एक हजार नाघेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमित एक हजार २४ पुगेको छ । ९ जिल्ला रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या पाँच सय एक रहेको छ । 
निर्देशनालयका अनुसार डोटीमा एक सय ३६, बझाङमा एक सय १७, अछाममा ९७, बैतडी ८४, कंचनपुरमा ४७, दार्चुलामा ३० र डडेल्धुरामा १२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ ।