सुदूरपश्चिममा थप १९६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या सात हजार पाँच सय नाघ्यो
2020/09/30, 9:07
 
corona

सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक विकास मन्त्रलायका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले दिएको जानकारी अनुसार सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा तीन सय ६१ जनाको कोरोना परीक्षण भएकोमा एक सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डोटी अस्पतालको प्रयोगशालामा ५६ जनाको कोरोना परीक्षण भएकोमा नौँ जनामा संक्रमण पुष्टि भएको छ भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा दुई जना र बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा एक जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रयोगशालाको परीक्षणमा प्रदेशको अस्थायी राजधानी धनगढीका ९० जनामा संक्रमण पुष्टि भएको छ। 

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार वडा नम्वर १ का २६ जना, वडा नम्वर २ का २२ जना, वडा नम्वर ३ का नौँ जना, वडा नम्वर ४ का १० जनामा संक्रमण पुष्टि भएको छ। वडा नम्वर ५ का चार, वडा नम्वर ६ का दुई, वडा नम्वर ७ का चार, वडा नम्वर ८ का सात, वडा नम्वर ११, १२, १३ र १८ का एक÷एक जना र वडा नम्वर १९ का दुई जनामा संक्रमण पुष्टि भएको उनले बताए। 

यस्तै कैलालीको गोदावरीका १८, भजनीका १६, गौरीगंगाका १४, घोडाघोडीका नौँ, टीकापुरका तीन, लम्कीका दुई र स्थानीय तह नखुलेका चार जनामा संक्रमण पुष्टि भएको छ। यस्तै कञ्चनपुरका २१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 
भीमदत्त नगरपालिकाका ११, बेदकोटका चार, पुनरवासका तीन, कृष्णपुरका दुई र शुक्लाफाँटाका एक जनामा संक्रमण पुष्टि भएको छ। बझाङको जयपृथ्वी, खप्तड छान्ना र बिथ्तडचिरका एक÷एक जना, अछामको मेल्लेख, डडेल्धुराको परशुराम र बैतडीको पञ्चेश्वरका पनि एक÷एक जनामा संक्रमण पुष्टि भएको छ। एक जना भने बर्दीया मधुवनका हुन्। 

उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको छ। ५६ जनाको कोरोना परीक्षण भएकोमा ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ पुरुष, बोगटान फुडसिल गाउँपालिकाका २ पुरुष, शिखर नगरपालिका र केआइ सिह गाउँपालिकाका एकरएक जना पुरुषमा संक्रमण देखिएको बताए। 

यस्तै अछामको जयगढ बान्निगढी गाउँपालिकाका दुई जना पुरुषमा कोरोना पुष्टि भएको प्रयोगशाला श्रेष्ठले बताए। उता जिल्ला अस्पताल बझाङमा पछिल्लो २४ घण्टामा एक सय २७ जनाको स्वाब परीक्षण भएकोमा एक नयाँ संक्रमण पुष्टि भएको छ। बुधबार संक्रमण पुष्टि हुनेमा खप्तड छान्न गाउँपालिका–५ का पुरुष हुन्।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३९ जनाको कोरोना परीक्षण भएकोमा डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालको प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालले जिल्लाको नवदुर्गा गाउँपालिकाका दुई जनामा कोरोना भेटिएको बताए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार पाँच सय नाघेको छ भने ६ हजार एक सय बढिले कोरोना जितेका छन्। २१ जना संक्रमितको मृत्यु भएको छ।