
धनगढीका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारत जाने नेपालीको नक्कली कागजातहरु तयार पारेको अभियोगमा धनगढी उप–महानगरपालिका वडा नम्बर २ का जयन्द्र स्वाँर र छत्र रावल तथा वडा नम्बर ४ का मानबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको हो।

भारत जाने नेपालीहरुको नक्कली कागजात तयार पारेको सूचनाका आधारमा प्रहरीले मंगलबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई सार्बजनिक हित बिरुद्दको कसुरमा मुद्दा दर्ता गरिएको र जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21