बैतडीका दुई स्थानीय तह सिल
2020/10/01, 2:14
 
corona

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहहरुलाई सिल गरिएको छ। जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो।

मेलौली नगरपालिकाका गाडीका चालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि भएसंगै असोज १३ देखि असोज १७ गते राती १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गरिएको प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टले बताए। 

यस्तै पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि असोज ११ गतेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ। भारतबाट फर्किएका एकजनाको कोरोनाका कारण मृत्यु भएको र ८ जना नयाँ संक्रमित थपिएपछि नगरक्षेत्र सिल गर्ने निर्णय भएको  प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए। 

सिल भएको अवधिमा स्वास्थ्य र आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहेका दुुवै स्थानीय तहहरुले जनाएका छन्।