डोटी प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि
2020/10/01, 4:01
 
Korona

 डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ। ९३ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको तुर्माखाद गाउँपालिकाका ५ पुरुष र एक महिला गरी ६ जना र डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको बताए।