
कैलालीको गेटामा रहेका चार पसलमा आगलागी भएको छ। गोदावरी नगरपालिका ५ गेटामा रहेका चार पसलमा आगलागि भएको हो। आगलागीबाट गेटा आँखा अस्पताल अगाडी रहेका चार वटा पसलमा क्षती भएको हो।

बिद्युत सर्ट भएर आगलागी हुँदा एक होटल र तीन किराना पसलमा क्षती भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले बताए।
केशब बोहराको चिया नास्ता पसल, जगदिश चौधरी, रमेश चौधरी र शिवचरण रानाको किराना पसल जलेर नष्ट भएको विष्टले बताए।

आज बिहान साढे ४ बजे अगालागी भएको उनले बताए। गोदावरी नगरपालिकाको दमकल र गेटामा रहेको प्रहरी बिटबाट खटिएको प्रहरीको टोलिले आगो नियन्त्रणमा लिएका हुन्।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/23, 3:23
2021/09/24, 11:23
2022/08/16, 1:23
2023/12/19, 12:12