जेष्ठ नागरीकहरुलाई सरकार नहेरेको आरोप
2020/10/01, 4:40
 
Korona

देशमा तिन तहका सरकार बनेपनि जेष्ठ नागरीकहरुले पाउने अधिकार पाउन नसकेको आरोप लगाएका छन । राष्ट्रिय मानब अधिकार आयोग प्रदेश कार्यालयले जेष्ठ नागरीक दीवसका अबसरमा गरेको अनतरक्रिया कार्यक्रममा उनिहरुले सो आरोप लगाएका हुन ।

सबिधानमा जेष्ठ नागरीकका अधिकार सुनिस्चित गरेको भएपनि अहिले सम्म त्यसको प्रत्याभुति हुन नसकेको जेष्ठ नागरीका समाज कैलालीका अध्यक्ष डिजराज अबस्थिले बताए ।

सरकारले जेष्ठ नागरीकलाई दीनुपर्ने सेवा घरदैलो दीनु पर्ने बताउदै उनले सरकारले दीएका सेवा लीननै समस्या भईरहेको बताए । सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता सहित अन्य सुविधा तथा अधिकारहरुको सुनिश्चितता गरेपनि सेवा लीन समस्या भएको उनले बताए ।

जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभवनयाँ पुस्ताको लागि मार्गर्दर्शन मानिने भएपनि सम्मान हुन नसकेको ईन्सेक कैलालीका सयोजक खडक जोजिले बताए ।

राष्ट्रिय मानब अधिकार आयोग प्रदेश कार्यालयका प्रमुख झकर बहादुर रावलले जेष्ठ नागरीकको संक्षरणमा राज्यले प्रभाबकारी भुमिका खेल्नु पर्ने भएपनि अहिले सम्म खेल्न नसकेको बताए ।

जेष्ठ नागरीकहरु सम्मान पाउनु पर्ने ठाउमा अपहेलित बनेको बताउदै उनले सरकारले सम्मान पुर्बक बाच्न पाउनु पर्ने अधिकारको शुनिश्चितता गर्नु पर्ने बताए । कोरोनाको महामारीमा जेष्ठ नागरीक बढी जोखिममा रहेको बताए ।