
सुदूरपश्चिममा एउटै स्थानीय तहका पाँच जनालाई कोरोना संक्रमित पाईएका छन् । बैतडीको शिवनाथ गाउँपालिकाको दुई वटा वडाका पाँच जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शिवनाथ गाउँपालिका वडा नम्वर १ का २७ र २० पुरुष, त्यसैगरी वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएको जनाएको छ । हिजो सोही गाउँपालिकाको वडा नम्बर १ का २२ वर्षीय युवक पनि कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो ।
शनिबार भेटिएका कोरोना संक्रमित कैलालीको गौरीफन्टा नाकाबाट आएको र सबैजना सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका छन । हिजो भेटिएका पुरुष जिल्ला प्रहरी कार्यालयको थुनामा रहेका थिए । हाल उनी जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा छन ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/24, 7:10
2020/12/15, 1:48
2023/02/07, 5:26
2021/08/05, 2:17