वडा कार्यालयको भवनमा कमसल निर्माण सामाग्री प्रयोग गरिएको आरोप
2020/10/02, 2:55
 
corona

कञ्चनपुरको पुर्नवास नगरपालिकामा वडा कार्यालयको भवन निर्माणमा कमसल निर्माण सामाग्री प्रयोग गरिएको आरोप लागेको छ।नगरपालिकाको वडा नम्बर ९ को कार्यालय भवन निर्माणमा निर्माण कम्पनीले कमसल इट्टाको प्रयोग गरेको भन्दै स्थानीयले बिरोध गरेका हुन्। स्थानीय देबराज खत्रीका अनुसार उनीहरुले वडा कार्यालयको भवन निर्माणको ठेक्का रद्द गर्दै पुनःनयाँ ठेक्का लगाउनुपर्ने माग गरेका छन्।

तर निर्माण कम्पनीले भने कमसल निर्माण सामाग्रीको प्रयोग नगरिएको बताएको छ। एक वर्षका लागि २०७७ असार २८ गते दुई तले भवन निर्माणको रश्मी बिल्र्डस प्रालिसंग सम्झौता गरिएको छ। इट्टा भट्टाले एक नम्बर इट्टको बिल दिएको तर इट्टा कमसल दिएको निर्माण कम्पनीको दावी छ। भवनमा भने कमसल इट्टा प्रयोग नगरिएको प्रालिका सञ्चालनक गणेश विष्टले बताए। उनले स्थानीयको बिरोध साम्य भएमात्र काम गर्ने बताए। 

एक करोड दुई लाख ७३ हजारमा भवन निर्माणका लागि सम्झौता भएको नगरपालिकाले जनाएको छ। एक ट्रली इट्टामा केही कमसल इट्टा आएको नगरपालिकाका प्रवक्ता भारमल सुनारले बताए। कमसल इट्टा फिर्ता गरिएको भन्दै उनले स्थानीयले वडा कार्यालयको भवन निर्माणमा अनावश्यक बिरोध गरेको बताएका छन्। 

रश्मी बिल्र्डसले पुर्नवास नगरपालिकाको वडा नम्बर ४ को कार्यालय भवन निर्माणको समेत ठेक्का पाएको छ। तर वडा कार्यालयको भवन निर्माण स्थलको बारेमा टुंगो नलागेकाले निर्माणको काम भने सुरु समेत भएको छैन्।