पाटनमा थप एक जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५० पुग्यो
2020/10/02, 4:59
 
corona

बैतडीको पाटन नगरपालिकामा थप एकजनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडी प्रयोगशालामा गरिएको परीक्षणमा वडा नम्बर ३ का २१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका स्वास्थ्य संयोजक मदनसिह महराले संक्रमित पुरुष भारतबाट फर्किएको बताए। उनको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा स्थापना गरिएको आईसोलेसन कक्षमा उपचार भईरहेको छ।

संक्रमित पुरुषमा लक्षण भने छैन्। यो सँगै पाटन नगरपालिकामा कोरोना संक्रमितको संख्या ५० पुगेको छ। उनीहरु मध्ये ४६ जनाले कोरोना जितेको र चार जना प्राथमिक स्वास्थ्य केन्द्रमै उपचाररत रहेको पाटन नगरपालिकाले जनाएको छ।