वेहोस अवस्थामा भेटिएकी महिलाको मृत्यु
2020/10/02, 5:01
 
death

दार्चुलामा वेहोस अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ। वेहोस अवस्थामा भेटिएकी जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ मलेराकी २३ वर्षीया विनिता कार्की उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भाष्कर चन्दले कार्कीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जानकारी दिए।उनका अनुसार बुधबार घाँस काट्न गएका कार्की अवेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्दा वेहोस अवस्थामा भेटेपछि अस्पताल लगेका थिए।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यसअघि मृतकका श्रीमान जनक कार्कीले गत वैशाखमा झुण्डिएर आत्महत्या गरेका थिए। उनका एक छोरा रहेका छन्।