कैलालीको गौरीगंगाका मेयरलाई कोरोना पुष्टि
2020/10/03, 7:02
 
corona

कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृतलाई संक्रमण पुष्टि भएपछि जनप्रतिनिधी र अन्य कर्मचारीको कोरोना परीक्षण गरिएकोमा मेयर देउवालाई संक्रमण देखिएको हो।

शुक्रबार भएको परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको उप–मेयर अञ्चला चौधरीले बताईन्।  ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भनिन्।

मेयर देउवा अहिले होम आईसोलेसनमा छन्।