धनगढीमा शुक्रबार कोरोना पुष्टि भएका ३६ जना को हुन् ?
2020/10/03, 11:21
 
corona

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुक्रबार थप ३६ जनामा कोरोेना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना पुष्टि भएपनि तीन जना भने पुनः परीक्षण गरिएका संक्रमित रहेको धनगढी उप–महानगरपालिकाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए।

शुक्रबार थपिएका ३३ जना मध्ये १८ जना जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी र थुनावा हुन्। ७ थुनुवा र ११ जना प्रहरीमा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए। यस्तै वडा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ६ महिला र तीन पुरुष गरी ९ जना,  वडा नम्बर २ को दुई पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उनका अनुसार वडा नम्बर ३ का एक महिला, वडा नम्बर ४ का दुई महिला र एक पुरुष, वडा नम्बर ५ का एक महिला, वडा नम्बर ८ को एक पुरुष र वडा नम्बर १२ का एक पुरुषमा पनि संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए। शुक्रबार धनगढीमा ३३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या सात सय ३७ पुगेको छ।