झण्डै आधा लाख सहित १२ जना जुवाडे पक्राउ
2020/10/03, 11:27
 
juwa

कञ्चनपुरमा झण्डै आधा लाख सहित १२ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० को गड्डाचौकीमा रहेको कार्की होटल एण्ड लजमा जुवा खेलिरहेको अवस्थामा ४५ हजार छ सय नगद सहित भीमदत्त नगरपालिकाकै १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले तीन गड्डी तास सहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ११ का पदम बोहरा, पदम सिह खत्री, करण सिह सुनार, कमल गुरूङ, वडा नम्बर १० का  दिल्लीराज जोशी, गोपाल कार्की, दिपक राज जोशी,नन्दराज जोशी, नरेन्द्र सुनार रहेका छन्।

यस्तै वडा नम्बर ६ का शंकर पाण्डे र वडा नम्बर ९ का करनसिह कार्की समेत पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रवक्ता प्रहरी नायब उपरिक्षक थापाले बताए।