कैलाली र कञ्चनपुरका थप ७२ जनामा कोरोना पुष्टि
2020/10/03, 5:48
 
korona

 कैलाली र कञ्चनपुरका थप ७२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५१ सहित ७२ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा पाँच सय ४७ जनाको कोरोना परीक्षण गरिएकोमा १९ महिला र ५३ पुरुष गरी ७२ जनामा संक्रमण देखिएको जानकारी दिए।

श्रेष्ठका अनुसार सबैभन्दा बढि धनगढी उपमहानगरपालिकाका ३२ जनामा संक्रमण देखिएको छ। यस्तै टीकापुर नगरपालिकाका ८ जना, गोदावरी नगरपालिकाका पाँच जना, जोशीपुर गाउँपालिका, गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाका दुई/दुई जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, महाकाली नगरपालिकाका ५ जना, शुक्लाफाँटा नगरपालिकाका ५ जना, पुर्नवास नगरपालिकाका दुई जना र स्थानीय तह नखुलेका एक जना पनि संक्रमण पुष्टि भएको छ।