कञ्चनपुरमा ईलाका प्रहरीका इन्चार्जमा कोरोना पुष्टि
2020/10/04, 10:35
 
corona

कञ्चनपुरमा ईलाका प्रहरी कार्यालयका इन्चार्जमा कोरोना संक्रमण देखिएको छ। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज प्रहरी निरिक्षक कैलाशसिह विष्टलाई कोरोनाको संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले कोरोना पोजेटिभ देखिएपछि प्रहरी निरिक्षक विष्ट ईलाका प्रहरी कार्यालयमै आईसोलेसनमा बसेका छन्। विष्टमा लक्षण भने नदेखिएको प्रहरी नायब उपरिक्षक थापाले बताए।