सेती अस्पतालमा ४ जना कोरोना संक्रमितको आईसीयूमा उपचार हुँदै
2020/10/04, 12:26
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका लक्षणसहितका संक्रमित बढ्न थालेका छन्। पछिल्लो सयममा संक्रमण पुष्टि भएका व्यक्तिमा लक्षण पनि देखिन थालेको हो। प्रदेशका चार जना कोरोना संक्रमितको उपचार अहिले सेती प्रादेशिक अस्पतालको आईसीयूमा भईरहेको छ।

धनगढी उप–महानगरपालिका वडा नम्वर २ का ६२ बर्षीय पुरुष, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ५ का ३८ बर्षीय पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५५ बर्षीय पुरुष र गौरीगंगा नगरपालिका वडा नम्वर ११ का ५५ बर्षीय महिलाको प्रादेशिक अस्पतालको आईसियूमा उपचार भईरहेको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

अन्य १६ जनाको पनि कोरोना उपचार केन्द्रमा उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। उनका अनुसार १६ गते कञ्चनपुरकी २९ बर्षीया संक्रमितलाई नेपालगञ्ज रेफर गरिएको थियो।