
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० र ११ जोड्ने चाक्लेखोला पुलको शिलान्यास गरिएको छ। पुलको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार शिलान्यास गरेका हुन।

उक्त पुल पूर्वाधार कार्यालय कैलालीले बर्दियाको जय धनन्जय रोहित जेबीलाई १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता गरेको छ। १ करोड ७२ लाखमा उक्त पुलको ठेक्का सम्झौता भएको पूर्वाधार कार्यालय प्रमुख श्याम खड्काले बताए।
पुलको २५ मिटर लम्बाई र ८ दशमलब ४ मिटर चौडाई रहेको छ। पुल निर्माण पश्चात वडा नम्बर १०, ११ र १२ जोडिने भएपछि स्थानीय हर्षित भएका छन्।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21