थप ३५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६ जनाको कोरोना परीक्षण भएकोमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो।
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा मात्रै आईतवार २५ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ६ जना, वडा नम्वर २ का सात जना र वडा नम्वर ३ का दुई जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार धनगढी उप–महानगरपालिका ४ रर ५ का एक/एक जना, वडा नम्वर ७ का दुई जनावडा नम्वर १५ का चार जना र वडा नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ।
कैलालीको टीकापुरका दुई जना, गोदावरीका एक जना, कञ्चनपुरको बेदकोटका चार जना, बेलौरीका दुई जना र पुनरवासका एक जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए।