बाजुरामा बेपत्ता भएका एकै परिवारका ५ जनाको अवस्था अझै अज्ञात
2020/10/05, 11:52
 
death

बाजुराको हिमाली गाउँपालिका ५ स्थित कवाडीमा शुक्रबार बेपत्ता भएका एकै परिवारका ५ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । कवाडीमा बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली शुक्रबार साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मती सहित बेपत्ता भएकी थिइन् ।

छोराछोरी सहित कवाडी नदीमा नुहाउन गएकी उनी नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले बताए । घटना भएलगत्तै प्रहरी निरीक्षक ठगुन्ना सहितको टोली खोजि कार्य रहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजि गरिरहेका छन् । तर, ४ दिन सम्म पनि अवस्था अज्ञात रहेको उनले प्रहरीले जनाएको छ ।

कवाडी नदी र कर्णाली नदीको दुरी २ सय मिटर मात्रै छ । कवाडी नदीबाट बगेर कर्णाली नदी गएको हुन सक्ने उनले बताए ।
‘हामीले धेरै ठाउँमा खोजि गरिसकेका छौँ’ उनले भने ‘अहिले सम्म कहि कतै कोही भेटिएका छैनन् ।’ परिवारका सदस्यहरुलाई नदिमा नुहाउन जाने भन्दै उनी घरबाट निस्किएको प्रहरीले जनाएको छ ।