कैलालीकी पत्रकार निर्मला मृत्यु प्रकरण: ‘आत्महत्या भन्न सकिदैन्’
2020/10/05, 2:29
 
death

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ४ की २३ वर्षीय पत्रकार निर्मला पहराइले आत्महत्या गरेको भन्न नमिल्ने स्थलगत अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ। क्रियाशिल दलित पत्रकार संघको अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो।

पहराई झुण्डिएको रुख नजिकै छाता र चप्पल भेटिनु, घटनास्थलदेखि २७ मिटर टाढा घडी भेटिनु, घाँटीमा बाँधिएको पासोमा सुर्के गाँठो नभेटिनु, पासो घाँटीमा कस्सिएको नभई एक हात पस्ने खाली ठाउँ हुनु, घडी भेटिएको ठाउँमा निर्मलाको भन्दा अर्को ठूलो पाइलाको डोब हुनु र संगै बोकेको मोबाइल अहिलेसम्म नभेटिनुले घटना हत्यापछि झुण्डयाइएको हुनसक्ने अध्ययनले औल्याएको छ।

क्रियाशिल दलित पत्रकार संघको अध्ययन टोलीले घटनास्थलमै पुगेर स्थलगत अध्ययन गरेको थियो। संघले प्रतिवेदन सार्वजनिक गर्दै विभिन्न तथ्यहरुले निर्मलाको आत्महत्या नभइ हत्या भएको हुनसक्ने निष्कर्ष निकाल्दै दोषीमाथि कारवाहीको माग गरेको हो। 

उक्त प्रतिवेदन अनुसार पहराई भदौ ३१ गते सोही एफएममा कार्यरत ललित जाग्री र जाग्रीको नयाँ पे्रमिका भनिएकी साउद थरकी युवतीलाई भेट्न जान्छु भन्दै कोठाबाट हिंडेकी थिइन्। सोही दिनदेखि निर्मला वेपत्ता भएकी थिइन्। आफन्त, प्रहरी  तथा ललित जाग्रीसहितले खोजी गर्दा असोज २ गते घोडाघोडी नगरापलिका – ५ को जंगलमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन्। 

खोजीको क्रममा ललितले नै माथिको जंगलतिर खोज्छु भनेको र सोही क्षेत्रमा झुण्डिएको अवस्थामा निर्मला फेला परेकोले घटनामा उनको संलग्नता रहेको निर्मलाका दाइ विशालको दाबी छ। निर्मलाको शव ललितको घरदेखि करिव ४ सय मिटर टाढा भेटिएकोले पनि घटनामा ललितको संलग्नताको संकेत गर्ने अध्ययनमा सहभागीहरुको दावी छ। 

प्रतिवेदन अनुसार मृतक निर्मला र जाग्रीबीच लामो समयदेखि पे्रम सम्बन्ध थियो भने ललितले निर्मलाई विवाह गर्न नमानेपछि विवाद बढेको थियो।  

प्रहरीले नै अनुसन्धान गर्ने आश्वस्त पारेर उनको शव जलाउन लगाउनु, निर्मलासंग पाँच वर्षदेखि पे्रम सम्वन्धमा रहेका ललितले जातकै कारण उनको पे्रम सम्बन्धबाट टाढा हुँदै जानुले अन्तरजातीय कारणले पे्रम सम्वन्ध अपराधको बाटोमा पुगेको प्रतिवेदनमा उल्लेख छ।  घटनापछि स्थानीय प्रहरीले ललित र उनकी पे्रमिकालाई पक्राउ गरेको छ। पत्रकार पहराई कैलाली एफएममा कार्यरत थिईन्।