कैलालीका १७ सहित थप २२ जनामा कोरोना पुष्टि
2020/10/05, 5:19
 
korona

थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८१ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्व्र २, ३, ५, ६ र १५ का एक/एक जना, जोशीपुर गाउँपालिकाका ५, चुरे गाउँपालिकाका तीन, गोदावरी नगरपालिकाका दुई जना, गौरीगंगा र टीकापुर नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जना, पुनरवास नगरपालिकाका र डोटीको केआईसिंह गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ।