मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते, एकको अवस्था गम्भिर
2020/10/05, 7:34
 
accidnet

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। जिल्लाको  गन्याधुरा गाउँपालिका– २ स्थित गजरौँलामा भएको दुर्घटनामा परी डोटीको दिपायल सिलगढी नगरपालिका–५ का मोटरसाइकल चालक ३२ वर्षीय शंकर भुल र मोटरसाइकलमा सवार उनकी आमा ५५ वर्षीया जुनकिरी भुल घाइते भएकी हुन।

घाइते मध्ये शंकरको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ। सोमबार अपरान्ह सु प्र प्र ०१००८ नम्बरको मोटरसाइकल डोटीबाट डडेल्धुरातर्फ आइरहेका बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। मोटरसाइकल भीरबाट तल खसेको बताइएको छ। 

प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइरहेको डिएसपी नेपालले बताए।