हुन्डाई अटोमोबाइल सुदुरपश्चिमका लागि आधिकारिक विक्रेता दिनेश फोर व्हील्सले धनगढीदेखि अत्तरियासम्म रोड शो सम्पन्न गरेको छ । हुन्डाईले पछिल्लो एक महिनामा बजारमा ल्याएका तीन प्रकारका गाडीहरुको प्रचार प्रसार र प्रबद्र्धनका लागि रोड शो गरिएको हो ।
सुदुरपश्चिममा अत्याधिक रुचाईएका होन्डाई ब्राण्डका क्रेटा, निओज र औरा गाडीको विषयमा ग्राहकहरुलाई जानकारी दिनका लागि ती गाडी सहितको रोड शो र्याली गरिएको दिनेश फोर व्हील्सका म्यानेजर दिपेन्द्र ओझाले जानकारी दिए । रोड शो को क्रममा धनगढी र अत्तरिया बजार समेत परिक्रममा गरिएको थियो ।
हुन्डाईले दशैं लक्षित ‘यसपालीको दशैंतिहार वेलकम टु हुन्डाई परिवार’ योजना ल्याएको छ । कम्पनीले उक्त योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्य सहित ल्याइएको जनाएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत् थप एक लाख सम्मको नगद छुट पाउन सक्नेछन् ।
त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई औरा १ थान र हुन्डाई ग्रान्ड आइटेन एनआईओस १ थान जित्न सक्नेछन् । यो योजनाको अवधि असोज ५ देखी सुरु भईसकेको र मंसिर ५ सम्म लागु हुने कम्पनीले जनाएको छ ।
त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बिमा पनि पाउनेछन् । कम्पनीले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप विशेष प्याकेज दिईरहेको दिनेश फोर व्हील्सका म्यानेजर ओझाले बताए । यसका साथै सबै हुन्डाई गाडीहरूमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ वर्ष निःशुल्क सवारी कर भुक्तानी सहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुन्छन ।