डडेल्धुरामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि
2020/10/07, 2:42
 
corona

सुदूरपश्चिमका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको हो।

डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरि भट्टका अनुसार दार्चुलाका ४६ जना र डोटीका दुई जनामा संक्रमण पुष्टि भएको हो। दार्चुलाका ४६ मध्ये ४५ जना सशस्त्र प्रहरी बल नम्वर ४४ गण दार्चुलामा कार्यरत रहेको बुझिएको छ।

सशस्त्र प्रहरी जवानदेखि सहस्त्र प्रहरी नायव निरिक्षकसम्मका ४५ जनामा संक्रमण पुष्टि भएको हो। आइतवार गणमा कार्यरतलगायत एक सय चार जनाको स्वाब संकलन गरी परीक्षणका लागि डडेल्धुरा प्रयोगशालामा पठाइएको थियो।