अध्यापन गराउने परिवारभित्रबाट बनेका बैंकर
2020/10/10, 10:49
 
deepak khanal

सीताराम ओझा- दिपक खनालले बैकिङमा दुईको आकडा पार गरिसकेका छन् । दुई दशक दुई बर्षदेखि निरन्तर बैकिङ क्षेत्रमा जमिरहेका छन् । फाईनाईन्स कम्पनीदेखि सुरु भएको उनको करियर अहिले प्रदेश प्रबन्धकसम्म पुगेको छ । उनले बैकिङ यात्रा थालेको पाईला पनि बदलिएको छैन । १८ बर्षसम्म फाईनाईन्स कम्पनीलाई सहायकबाट प्रवेश गरेर निमित्त सिईओसम्म भएर हाके । पछिल्लो चार बर्षदेखि उनी कुमारी बैंकमा कार्यरत छन् । दश महिनादेखि उनी प्रदेश प्रबन्धक बनेका छन् कुमारी बैंकका ।

2

2

पश्चिमाञ्चल फाईनाईन्स कम्पनी कुमारी बैंकसँग मर्ज भएपछि उनका पाईलाहरु फाईनाईन्स कम्पनी हुदैं वाणिज्य बैंकतर्फ लम्किएका हुन् । यसले उनलाई निकै फाईदा पुगेको छ । सिमित बैकिङ कारोबार गर्दाको अनुभव र तल्लो तहका वर्गसँग काम गर्दाको सिकाई र वाणिज्य बैंकमा काम गर्दा माथिल्लो वर्गसँग काम गर्ने दोहोरो अनुभवलाई कोल्याब्रेसन गरेर सुदुरपश्चिम प्रदेशमा कुमारी बैंकलाई नयाँ उचाईमा पुराउने माष्टर प्लान ल्याएर अगाडी बढ्ने तयारीमा थिए । त्यही वेला कोरोनाका कारणले उनको योजना र प्लान अगाडी बढ्न सकेको छैन् । तर उनले हार खाएका छैनन् । कोरोना कहरको बीचमा पनि गर्न सकिने कामहरुलाई जसोतसो मिलाएर अगाडी बढाई नै रहेका छन् । 

2

2

जागीरलाई पुजा र जागीर गर्ने स्थानलाई मन्दिर मान्छन् उनी । जो कोही मन्दिरमा गएर गलत गर्दैनन् । झुटो बोल्दैनन् । सत्य र निष्ठाका साथ पुजा गर्छन र आर्शिवाद माग्छन् । त्यसैगरी बैंकलाई पनि मन्दिरको संज्ञा दिन्छन् उनी । जागीर गर्ने ठाउँलाई पनि मन्दिर सरह नै मान्ने भएकोले आफु मातहतका कर्मचारीहरुलाई पनि त्यही मुलमन्त्रलाई बोकेर काममा लाग्न सुझाव दिन्छन् । हौसला वढाउँछन् ।

2

2

सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि सधैं तयार रहन बारम्बार भनिरहन्छन् । काम नै सेवा गर्ने हो, त्यही भएर बैंकमा आउने जो कोहीलाई दुःख र झन्झट बिना सेवा दिनुपर्ने उनको धारणा छ । त्यही धारणा अनुसार नै कुमारी बैंकलाई अगाडी हिडाईरहेका छन् । सकारात्मक सोच सही काममा दत्तचित्त भएर ईमान्दारिता र लगनसिलताका साथ काम गरेमा त्यसको अवश्यक मुल्यांकन हुने र ठाउँमा पुग्नबाट कसैले रोक्न नसक्ने दिपक बताउँछन् । 

2

2

अहिले कुमारी बैंकका सुदुरपश्चिममा १९ वटा शाखा रहेका छन् । दुई शाखा खुल्ने तयारीमा छन् । आठ स्थानमा एटिएम सेवा छ । सवै पहाडी जिल्लाहरुका सदरमुकाममा मात्रै होईन दुर्गम र विकट गाउँपालिकाहरुमा पनि कुमारी बैंकले सेवा दिईरहेको छ । बैंकको सुदुरपश्चिमभरी तीन अर्ब ७० करोड बढि बचत रहेको छ भने यो प्रदेशमा दुई अर्ब ८० करोड लगानी रहेको छ । अधिकांश बैंकहरुका प्रदेश कार्यालय धनगढीमा रहेका वेला कुमारी बैंकको प्रदेश कार्यालय भने महेन्द्रनगरमा रहेको छ ।

2

2

प्रदेश राजधानीहरुमै बैंकहरुका प्रदेश कार्यालयहरु केन्द्रिकृत भएका वेला प्रदेश प्रबन्धक दिपक खनाल भने प्रदेश कार्यालयलाई विकेन्द्रीकरण गरेको बताउँछन् । कुमारीमै गाभिएको महाकाली विकास बैंकको मुख्य कार्यालय पनि महेन्द्रनगरमै थियो । त्यसपछि अहिले आएर केही समय अगाडी मात्रै देव विकास बैंक पनि कुमारी बैंकमा मर्ज भएपछि सुदुरपश्चिममा ठुलो संजाल भएको बैंकका रुपमा कुमारी बैंक रहेको छ ।

2

1

नेटवर्किङको हिसाबले क्षेत्र विस्तार, क्षमतावान र युवा शाखा प्रबन्धक, क्षमता अनुसारको काम गर्ने कर्मचारीहरुको शैली, पारदर्शी र हरेक कर्मचारीहरुलाई निर्णय प्रक्रियामा सहभागी गराईदा बैंकले सफलता पाईरहेको उनको तर्क छ । सेवाग्राहीलाई छिटोभन्दा छिटो सेवा दिने प्रयास गरेका छन् उनले । जसकारण २४ घण्टाभित्र पनि सेवा दिन सकिने खनालको तर्क छ । 

2

1

बैंक सामाजिक उत्तरदायित्व वहन गर्न पनि अगाडी नै रहेको छ । उनकै नेतृत्वमा केही समय अगाडी कोरोना सम्बन्धी सचेतनामुलक र्याली महेन्द्रनगर बजारमा निकालिएको थियो । एसिड पिडितलाई जागीर दिएको कुमारी बैंक विभिन्न सामाजिक काममा शाखा रहेका स्थानहरुको अवस्था अनुसार अग्रसर हुदैं आएको छ । उमेर ४७ लागेपनि तन्नेरी जोस भएका उनले सुदुरपश्चिममा वित्तिय साक्षरतालाई प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन् ।

2

2

सुचना प्रविधिको विकाससँगै बैकिङ क्षेत्र पनि डिजिटल बन्दै गएको छ । अझ कोरोनापछि थप डिजिटल सेवाहरु सुरु भएका छन् । तर ती सेवाहरुका वारेमा ग्राहकहरुलाई जानकारी गराउन आवश्यक रहेको देखेका छन् उनले । भुकनोटको हिसाबले सबै छ भन्छन् सुदुरपश्चिममा उनी । सुदुरपश्चिम प्रदेशको जिम्मेवारी दिएपछि सवै जिल्लाहरुमा पुगेका छन उनी । त्यहाँका सम्भावनाहरु देखेका छन् । लगानीका क्षेत्रहरु पनि खोजेका छन् । कृषि, जडीबुटी, पर्यटन र धार्मिक हिसाबले अथाह सम्भावना देखेका छन् उनले एउटा बैंकरको आँखाबाट ।

2

2

कोरोनापछि सुदुरपश्चिमेली घर फर्किएको खबरले उनी खुशी भएका थिए । कारण थियो विदेशमा सिकेको सीप यही सदुपयोग हुन्छ । विदेशको ज्ञान सीप र दक्षतालाइ आफ्नै ठाउँमा सदुपयोग गरेर सानो तिनो कामको थालनी गर्नेछन् । त्यसबाट कतिपयले रोजगारी पनि पाउने उनको आशा थियो । तर उनी फेरि काम नभएर भारत पसिरहेको खबरले उनी दुःखी भएका छन् ।

2

बर्षौदेखि भारतमा सस्तोमा श्रम बेँच्नलाई भईरहेको पुस्ता हस्तान्तरण रोक्ने मौकालाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पहल गर्न सकिने अवस्था रहँदा पनि यसतर्फ ध्यान दिन नसकेको उनको गुनासो छ । 

2

उत्पादनमुखी हुनुपर्नेमा उपभोगमुखी बन्दै गएको पनि उनलाई चित्त बुझेको छैन । विदेशबाट भित्रिएको रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगाएर रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने अवस्थामा त्यसलाई उपभोगमा प्रयोग गरेर व्यर्थमा श्रमको मुल्य खेर गईरहेको छ भन्छन् उनी । त्यो च्यानललाई भत्काएर रेमिट्यान्सको रकम उद्यमसिलतामा लगानी गर्नुपर्ने उनको सुझाव छ । अहिले सवै क्षेत्रहरुमा बाटोघाटो पुगेको छ ।

2

2

जुनसुकै ठाउँका उत्पादनहरुले सहजै बजार पाउने स्थिति छ । त्यही भएर उद्यमसिलतामा लगानी गर्न सकेमा विदेशभन्दा राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको उनी बताउँछन् । उद्यमसिलताको विकास गर्नका लागि राज्यले पहल गर्नुपर्ने र बैंकहरुले पनि त्यसतर्फ लगानी वढाउनुपर्ने उनको सुझाव छ ।

2

2

आफुहरु पनि त्यसतर्फ प्रयास गरिरहेको उनको दावी छ । विना धितो कर्जा, महिला उद्यमीलाई सस्तो ब्याजदरमा लगानी गर्ने लगायतका धेरै योजनाहरु कुमारी बैंकले पनि ल्याएर कार्यान्वयन गरिरहेको उनको दावी छ । 

1

2

दिपक खनाल सफल बैंकरको रुपमा नाम कमाईरहँदा उनीको पारिवारिक पृष्ठभुमी भने उनीभन्दा फरक छ । पुरै परिवार अध्यापन पेशामा आबद्ध छन् । उनी घर परिवारका सदस्यहरुले गर्नेभन्दा फरक काम गर्ने सोच बनाउने क्रममा बैंकर बन्न पुगेका हुन् । उनका बुबा दाई भाउजु र काका प्राध्यापन पेशामा आबद्ध छन् । उनका बुबा त पुराना र अनुभवी प्राध्यापक नै मानिन्छन् पाल्पा आसपासका क्षेत्रमा ।

2

उनको पुख्र्यौली घर पाल्पा । उतै जन्मिए । बाल्यकाल विताए । एसएलसी ईन्टर स्नातक र डिग्री त्रिभुवन वहुमुखी क्याम्पसबाट पुरा गरे । उनका बुबा त्यो बेला त्यही क्याम्पसका क्याम्पस प्रमुख थिए । अहिले उनका बुबा लगायत घर परिवारका सदस्यहरुले पाल्पामा निजि क्याम्पस नै सञ्चालन गरिरहेका छन् ।

2

2

२०४६ सालमा एसएलसी र २०५५ सालमा स्नातकोत्तर पारेका थिए उनले । कुरा ५५ सालतिरकै हो, उनी डिग्रीको परिक्षा दिएर रिजल्टको पर्खाईमा थिए । त्यही वेला पाल्पाका लागि पश्चिमाञ्चल फाईनाईन्स लिमिटेडमा जागीर खुल्यो । उनले आवेदन दिए । पाल्पामै सहायक पदबाट काम सुरु गरे । दुई बर्ष घरमै बसेर काम गरेपछि उनी स्याङजा गए शाखा प्रबन्धक भएर ।

2

एक बर्ष विताए त्यहाँ पनि । फाईनाईन्समा तीन बर्षको अनुभवपछि उनी मुख्य कार्यालय वुटबल आए । ऋण विभागमा कर्जा प्रमुख भएर काम थाले । चार बर्षसम्मको कामका क्रममा आफ्नो कामले सवैलाई प्रभावित गरे । 

2

2

फाईनाईन्सले काठमाण्डौंमा शाखा खोल्यो । जिम्मेवारी उनकै काँधमा आयो । २०६२ सालमा काठमाण्डौं शाखा प्रबन्धकसम्म काम गरे । एक दशक अर्थात १० बर्ष उनको काठमाण्डौंमै बित्यो । २०७२ सालपछि फाईनाईन्सको आन्तरिक व्यवस्थापनले केही समस्या आयो । त्यसपछि उनलाई निमित्त सिईओको जिम्मेवारी दिईयो । दुई बर्षसम्म फाईनाईन्स कम्पनीको निमित्त सिईओ भएर फाईनाईन्सलाई चलाए । २०७४ सालमा फाईनाईन्स कुमारी बैंकसँग मर्ज भयो ।

2

उनलाई बैंकको मुख्य कार्यालयमा असुली विभागको जिम्मेवारी दिईयो । ढाई बर्ष काम गरे असुली विभागमा । त्यसपछि गएको मंसीरदेखि उनलाई बैंकको सुदुरपश्चिम प्रवन्धकको जिम्मेवारी दिईयो र त्यस वेलादेखि उनी कुमारी बैंकलाई हाकिरहेका छन् । करियरमा उनले अवसर मौका पाए । जिम्मेवारी निभाए । दायाँ बायाँ जाने कुरा सोच्न पनि पाएनन् । धेरै बैंकहरुबट अफर नआएका पनि होईनन् तर उनी गएनन् । जसले नाम दियो । पद दियो । जिम्मेवारी दियो । त्यसैमा रमाए । 

2

उनी अहिले पाल्पाबाट काठमाण्डौं सरिसकेका छन् । एक छोरा र एक छोरी सहित श्रीमति काठमाण्डौंमै बस्छन् । उनलाई स्थानीय उत्पादन निकै मन पर्छ । महेन्द्रनगरमा निकै चर्चित विजय सालको करुवालाई पाल्पादेखि काठमाण्डौंसम्म पुराएका छन् उनले । उनको प्रदेश कार्यालयका टेबलमा पनि विजय सालकै करुवा राखिएको छ ।

2

1

करुवा बनाउनेलाई उनले विजय सालको नाम अंकित पेन स्ट्यान्ड बनाउन सुझाव पनि दिएका छन् । जहाँ छ त्यसलाई प्रयोग गर्नुपर्छ । स्थानीय चिजहरुलाई बजारीकरण गर्नुपर्छ भन्ने उनको धारणा छ । खनाललाई आगामी दिनको उत्तरोत्तर प्रगतिको कामना । 

2

2