डोटी कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिएपछि डोटीको दिपायल सिलगढी नगरपालिकाकाे वडा नम्बर ६ र ९ सिल गरिएको छ। नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष सन्तोष बोहराले दिएको जानकारी अनुसार उक्त वडाका एक पुरुषमा कोरोनाको संक्रमण देखिएको छ।
निज पुरुषमा कोरोना संक्रमण पुिष्ट भएसँगै उक्त वडाको नाचनथलीदेखि मुनी, कलेनजाने बाटोदेखि माथी, जिल्ला अस्पताल जाने बाटो माथि र नाचनथली मोडभन्दा मुनी सिल गरिएको वडाअध्यक्ष बोहराले बताए। सिल गरिएको चार किल्लाभित्र आवतजावत गर्न निषेध गरिएको छ।
त्यस्तै नगरपालिकाको वडा नम्बर ९ को मल्लो कलेनाका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मल्लो कलेना सिल गरिएको वडाअध्यक्ष धर्म साँउदले बताए। संक्रमित कृषि विकास बैंक सिलगढी शाखामा कार्यरत रहेको र उनीलाई संक्रमण देखिएपछि मल्लो कलेना सिल गरिएको वडाअध्यक्ष साउँदले बताए।
सिल भएका स्थानमा बसोबास गरिहेका स्थानीयको कोरोना परीक्षण हुने बताइएको छ। दुवै वडामा असोज ३० गरेसम्म सिल कायम रहने वडा कार्यालयले जनाएका छन्।