
गत शुक्रबार बाजुराको हिमाली गाउँपालिका–५ कवाडी खोलामा डुबेर बेपत्ता भएका मध्ये २ जनाको शव फेला परेको छ । आमा सहित एकै परिवारका ५ जना सदस्य असोज १६ गते कवाडी खोलामा डुबेर बेपत्ता भएका थिए । प्रहरीले खोजी गर्ने क्रममा शनिबार ४ बर्षिया छोरी सन्तोषी नेपाली र आमा सत्ता नेपालीलाई आज फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) मदनजीत महराले बताए ।

फेला परेका मध्ये सन्तोषीलाई डुबेको ठाउँ भन्दा १० किलोमीटर पर र सत्तालाई ३ किलोमीटर पर कर्णाली नदिको बिच भागमा रहेको काटेबगर भन्ने स्थानमा फेला परेको डिएसपी महराले बताए । बेपत्ता भएका छोरीहरु ५ वर्षीया आरती, १ वर्षीया किस्मती र २ वर्षीय छोरा सम्मान नेपालीको खोजीकार्य भइरहेको डिएसपी महराले बताए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 6:42
2021/01/01, 12:16
2022/08/22, 1:34
2023/12/25, 5:17
2021/08/26, 10:00