डोटी प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि
2020/10/11, 3:29
 
corona

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ। १०४ जनाको कोरोना परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुष र एक महिला गरी २ जना र अछामको मंगलसेन नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण भेटिएको बताए।