
अछामको मेल्लेख गाउँपालिका–३ ठाँटीका स्थानीयले ३२ वर्षपछि जग्गा धनी प्रमाण पूर्जा पाएका छन् । ३२ वर्षदेखि ठाँटीका ४ सय ७ घरधुरी जग्गाधनी प्रमाण पूर्जाविहीन थिए ।

२०४५ सालमा जग्गा नापी भइ प्रमाण पूर्जा वितरणको अन्तिम चरणमा रहेको भएपनि शसस्त्र द्वन्द्वका बेला माओवादीले २०५८ सालमा अछाममा आक्रमण गरेको थियो । आक्रमणमा जिल्ला प्रशासन, जिल्ला मालपोत कार्यालय र नापी कार्यालय ध्वस्त हुँदा जिल्लाका सम्पूर्ण प्रमाणहरु नष्ट भएका थिए । जिल्लाका धेरै जग्गाहरुको लालपूर्जा नष्ट हुँदा मेल्लेख गाउँपालिका–३ साविकको ठाँटी गाविस पूरै लालपूर्जाविहीन भएको थियो ।
सोमबार २ सय ५० घरधुरीलाई लालपूर्जा हस्तान्तरण गरिएको छ । अन्य १५७ घरधुरीलाई वितरण गरिने प्रक्रियामा रहेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21