
डडेल्धुरामा जबरजस्ती करणी उद्योगमा एक जना पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी एक युवतीको कोठामा पसेर बलात्कार गर्न खोजेको आरोपमा जिल्लाको आलिताल गाउँपालिका–५ का ३५ वर्षीय पदमबहादुर खडायत पक्राउ परेका हुन।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता तथा प्रहरी निरिक्षक राजेन्द्र चन्दका अनुसार युवकले रक्सी सेवन गरी आफुलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै युवतीले शनिबार प्रहरीमा उजुरी दिएकी थिइन। सोही उजुरीका आधारमा राजेन्द्रलाई पक्राउ गरेको प्रवक्ता चन्दले बताए।
पक्राउ परेको खडायतमाथि जिल्ला अदालत डडेल्धुराबाट म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21