डोटीमा क्वारेन्टिनबाट भागेर घर गएका ७ जनामा कोरोना संक्रमण
2020/10/14, 11:31
 
corona

डोटीको शिखर नगरपालिका–१ कपल्लेकीमा रहेको क्वारेन्टिनबाट भागेर घर गएका ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतबाट आएर क्वारेन्टिनबाट बसेका उनीहरुको शनीबार स्वाब संकलन गरिएको थियो। 

स्वाव संकलन गरिएका १६ जना मध्ये १२ जना संक्रमति भेटिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए। संक्रमित मध्येका ७ जना मंगलबार आ–आफनो घरमा गइसकेको स्वास्थ्य संयोजक हरिश शाहले बताए।

उनीहरुको रिर्पोट पोजेटिभ आएपछी शिखर नगरपालिकाले–१ को सेरी गाउँलाई शिल गर्ने निर्णय गरेको नगर प्रमुख सिताराम जोशीले बताए।