सुदूरपश्चिममा पहिलो पटक नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालनमा
2020/10/14, 12:58
 
corona

सुदूरपश्चिममा पहिलो पटक डोटीको रुबसकाँडामा नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । परीक्षण उडान सफल भएपछि डोटीको जोरायल गाउँपालिका–२ को रुबसकाँडाबाट नियमित रुपमा साहसिक प्याराग्लाइडिङ सञ्चालनमा आएको हो ।  

1

असोज २६ गतेबाट संचालनमा आएको हो । छतिवन पर्यटन प्रवद्र्धधन संरक्षण समिति र बैतडी अमेजिङ एडभेन्चर प्रालिको संयुक्त सहकार्यमा प्याराग्लाइडिङको सुरुवात गरेको समितिका अध्यक्ष भरत कुँवरले बताए । 

1

रुबसकाडाको भगतडाँडा (भ्यू प्वाइन्ट) बाट उड्ने फ्लाइट करिब १५ देखि २० मिनेट आकाशमा रहने उनले बताए । प्याराग्लाइडिङको ल्यान्डिङ छतिवन ताल, बुडर र बिथल गरी तीन स्थानमा गर्न सकिने अध्यक्ष कुँवरले बताए । दशैं तिहारलाई मध्यनजर गर्दै प्याराग्लाइडिङको सुरुवात गरेको उनले बताए ।

1

‘प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने उदेश्यले दशैंतिहारको उपलक्ष्यमा सुरुवात गरेका छौ’ उनले भने, ‘प्याराग्लाइडिङ मार्फत पोखरापछिको पर्यटकिय स्थल बुडरको झरना, छतिवन ताल र भगत डाडाँहरुको आकाशबाटै मजा लिन सकिनेछ ।’ 

1

अहिलेसम्म प्याराग्लाइडिङ संचालनका लागि करिब ७ लाख लगानी लागेको समितिले जनाएको छ । प्याराग्लाइडिङको शुल्क ३ हजार ९ सय निर्धारण गरिएको छ ।