अछामका थप २ जनामा कोरोना पुष्टि
2020/10/14, 3:41
 
corona

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ। ७९ जनाको कोरोना परीक्षण भएकोमा २ जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको साफेबगर नगरपालिकाको बयलपाटाका एक महिला र एक पुरुष गरी २ जनामा कोरोना पुष्टि भएको बताए।