सुदूरपश्चिमका थप ८ जनामा कोरोना पुष्टि
2020/10/18, 9:41
corona

सुदूरपश्चिमका थप ८ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक् सय ६२ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार डडेल्धुराको अमरगढी, नवदुर्गा, गन्यापधुरा र भागेश्वरका एक/एक जना, दार्चुलाको दुहुका एक जना, बैतडीको मेलौलीका दुई जना र शिवनाथका एक जनामा संक्रमण पुष्टि भएको छ।