कैलाली कारागारका २ जना कैदीबन्दीमा कोरोना पुष्टि
2020/10/18, 9:53
corona

जिल्ला कारागार कैलालीका दुई जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा दुई जना कैदीबन्दीमा संक्रमण पुष्टि भएको जेलर महेन्द्र खड्काले बताए।

४० वर्षीय पुरुष र ६२ वर्षीय पुरुष कैदीबन्दीमा संक्रमण पुष्टि भएको हो। कारागारमा अहिले ५ सय १४ जना कैदीबन्दी छन्।