
कञ्चनपुरमा वेहोस अवस्थामा भेटिएका कैलाली २ युवकको प्रहरीले उद्दार गरेको छ । पश्चिमी सीमा नाका गड्डाचौकीमा वेहोस अवस्थामा भेटिएका भजनी नगरपालिका वडा नम्बर १ का २० वर्षीय सन्तोश बुढा र १८ वर्षीय कौशल बुढाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले गड्डाचौकीस्थित ७ नम्बर पिल्लर नजिकै वेहोस अवस्थामा भेटिएका दुवैजनाको उद्दार गरिएको जानकारी दिए । महाकाली अस्पतालमा उपचारपछि होसका आएका उनीहरुलाई आफन्तको जिम्मा लगाईएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
भारतबाट फर्किएका उनीहरुले वनबासामा पसलमा जुस खाएको बताएपनि अन्य विवरण खुलेको छैन् । लुटपाट गर्ने योजना अनुसार जुस खुवाएको देखिएपनि नेपाल पुगेपछि वेहोस भएकाले उनीहरु लुटिनबाट जोगिएको प्रहरीले जनाएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/12, 4:08
2021/05/22, 11:16
2021/12/27, 5:28
2023/01/08, 4:57