सुदूरपश्चिमका ५१ जनामा कोरोना संक्रमण पुष्टि
2020/10/24, 6:34
 
corona

कैलालीका ३५ सहित थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ७ सय ७३ जनाकोे परीक्षण गरिएकोमा ५१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सबैभन्दा धेरै धनगढी उपमहानगरपालिका ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये ११ महिला र २४ पुरुष रहेका श्रेष्ठले बताए। उनीहरुको वडा भने खुलेको छैन् । यस्तै गोदावरी र गौरीगंगा नगरपालिकाका ३, ३ जना, टीकापुर नगरपालिकाका २ जना, कैलारी गाउँपालिकाका १ जनामा पनि संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ र पुनर्वास नगरपालिकाका  जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ६ सय १२  पुगेको छ ।  संक्रमित मध्ये ७ हजार ५ सय ४ जनाले कोरोना जितेका छन् भने ३० जनाको मृत्यु भएको छ ।